एजेन्सी । सिद्धार्थ मल्होत्राले आफ्नो विवाहको पहिलो तस्विर इन्स्टाग्राममा सेयर गरेर आफ्ना फ्यानहरूलाई रोमाञ्चित बनाएका छन् । उनले तस्बिरसँगै क्याप्सनमा लेखेका छन्, ‘अब हाम्रो स्थायी बुकिङ सकियो । हामी हाम्रो अगाडिको यात्रामा तपाईंको आशीर्वाद र माया चाहन्छौं ।’
सिल्भर शेरवानीमा सिद्धार्थ मल्होत्रा रोयल लुक दिइरहेका छन् भने कियारा आडवाणी हल्का गुलाबी रंगको लेहेंगामा राजकुमारी जस्तै देखिएकी थिइन् । सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको अफेयर फिल्म ‘शेर शाह’को सेटमा सुरु भएको थियो ।
अनस्क्रिन रोमान्स उनीहरूको जीवनको हिस्सा बन्यो र उनीहरू एकअर्कालाई डेट गर्न थाले । फिल्म ‘शेर शाह’ रिलिजपछि पनि सिद्धार्थ–कियारा प्रायः सँगै देखिने गरेका छन् । उनीहरु सँगै गोप्य छुट्टी मनाउन गएका पनि देखिन्थे ।
उनीहरुको तस्बिर भाइरल भएपनि उनीहरुले एकअर्कालाई साथीहरु भनेका थिए तर उनीहरुको अफस्क्रिन केमेस्ट्रीले अर्कै कुरा प्रकट गर्दथ्यो । ३८ वर्षीय सिद्धार्थ मल्होत्राले पनि कियारालाई चुम्बन गर्दा उनीहरुको सुन्दर केमेस्ट्रीको झलक देखाए ।
सिद्धार्थ कियारा आडवाणीभन्दा करिब ८ वर्ष जेठा छन् । मिडिया रिपोर्टका अनुसार सिद्धार्थको कुल सम्पत्ति करिब ७५ करोड रुपैयाँ छ भने कियारा आडवाणीको कुल सम्पत्ति करिब ३० करोड रुपैयाँ छ ।