एजेन्सी । फागुन कृष्ण पक्षको त्रयोदशी शनिबार परेको छ । त्रयोदशी शनिबार परेकोले यस प्रदोष व्रतलाई शनि प्रदोष व्रत भनिन्छ । फाल्गुन कृष्ण पक्षको तेह्रौँ शनिबार पर्ने भएकाले यस त्रयोदशीले भगवान शिवसँगै शनिदेवको पनि आशिर्वाद ल्याउने छ । शनि प्रदोष व्रतले दाम्पत्य जीवन सुखमय बनाउँछ । दीर्घायु र सुस्वास्थ्य पनि मिल्छ ।
फाल्गुन महिनाको कृष्ण पक्षको यो प्रदोष व्रत यस वर्ष फागुन ६ गते मनाइँदैछ । कृष्ण पक्षको चतुर्दशी तिथी पनि यही दिन अर्थात् महाशिवरात्रि पर्व मनाइँदैछ । महाशिवरात्रि, प्रदोष व्रत र शनि प्रदोष एकै दिन परेकाले यो तिथि विशेष बनेको छ ।
जे होस्, महाशिवरात्रि र प्रदोष व्रत भगवान शिवलाई अति प्रिय छन् भने शनिदेवलाई पनि भोलेनाथले आशीर्वाद दिनुभएको छ । यस दिन शनिदेवको पूजा आराधना हुने भएकाले यसको महिमा बढेको छ । यस दुर्लभ संयोगमा भगवान भोलेनाथको पूजा गर्दा दोब्बर फल प्राप्त हुने विद्वानहरु बताउँछन् ।
यस समयमा भगवान शिव पनि धेरै प्रसन्न हुन्छन् । यसपछि शनिबारबाट चतुर्दशी तिथी प्रारम्भ हुने भएकाले रातमा पनि पूजाको महत्व छ । त्यसैले शनि प्रदोष र चतुर्दशी अर्थात महाशिवरात्रिको पूजा शनिबार राति मात्रै हुने दुर्लभ संयोग बनेको छ ।
गर्नुस् यी कार्य
शनि प्रदोषको दिन ब्रह्म मुहूर्तमा उठेर स्नान गरी तपस्या गरी हातमा जल लिएर भगवान शिवको मुर्तिको अगाडि बसेर व्रतको संकल्प लिनुपर्छ । भगवान शिवलाई बेल पत्र चढाउनुहोस् । अक्षत धूप दीपसंग गंगाजलको पूजा गर्नुहोस् । दिनभर जलविहीन बस्नुहोस् । बेलुका फेरि स्नान गरेपछि त्यसै गरी भगवान शिवको पूजा गर्नुहोस् ।
प्रदोष व्रतको दिन यी कुरामा ध्यान दिनुस्
प्रदोष व्रतका लागि त्रयोदशीको दिन सूर्योदय अघि उठ्नु आवश्यक छ । नुहाइसकेपछि सफा लुगा लगाउनुस् । यस व्रतमा खाना खानु हुँदैन ।