काठमाडौँ । अमेरिकी लडाकु विमानले आफ्नो देशको सिमानामा अर्को उड्ने वस्तुलाई खसालेको छ । अमेरिकाले पछिल्लो एक हप्तायता आफ्नो देशको आकाशमा उडिरहेको वस्तु खसालेको यो चौथोपटक हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको आदेशपछि सोमबार बिहान क्यानडाको सीमा नजिक हुरोन तालमा लडाकु विमानहरूले यो उडान वस्तुलाई खसालेका हुन् । अमेरिकाले २० हजार फिटको उचाइमा उडेको उक्त वस्तुले हवाई उडानमा अवरोध गर्न सक्थ्यो ।
यस्तै एउटा वस्तु शनिबार मोन्टाना नजिक देखिएको थियो। रक्षा अधिकारीहरूका अनुसार उक्त वस्तु मानवरहित थियो र यसले कुनै सैन्य खतरा उत्पन्न गरेको थिएन। यो वस्तुलाई एफ–१६ लडाकु विमानले खसालेको हो । यसअघि फेब्रुअरी ४ मा अमेरिकाको आकाशमा एउटा बेलुन देखिएको थियो, जसलाई अमेरिकी सरकारले चीनको जासुसी बेलुन भनेको थियो ।
यस विषयमा चीनले यो मौसमको जानकारी सङ्कलन गर्न पठाइएको बेलुन भएको बताएको थियो, जसले बाटो बिराएको थियो । शंकास्पद बेलुनका कारण अमेरिका र चीनबीच तनाव बढेको थियो र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो चीन भ्रमण रद्दसमेत गरेका थिए ।