काठमाडौँ । फ्रेन्च लिग १ मा पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले शानदार जित निकालेको छ। पीएसजीका मुख्य तिन फरवार्डले गोल गरेपछि पाहुना टोली लिल ४–३ ले पराजित भयो । पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा एमबाप्पेले दुई तथा नेयमार र लियोनल मेस्सीले एक एक गोल गरे। लिलका लागि बाफोड डियाकिट, जोनाथन डेभिड र जोनाथन बाम्वाले गोल फर्काएका थिए ।
खेलको ११औं मिनेटमा नेयमारको पासमा एमबाप्पेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १७औं मिनेटमा नेयमारले पीएसजीको अग्रता दोब्बर पारे । खेलको २४ औं मिनेटमा बाफोड डियाकिटले गोल गर्दै खेललाई लिललाई खेलमा फर्काएका थिए। ५८औं मिनेटमा जोनाथन डेभिडले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
खेलको ६९ औँ मिनेटमा जोनाथनले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । तर खेलको ८७औं मिनेटमा एमबाप्पेले व्यत्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई रोमाञ्चक ३–३ को बराबरीमा ल्याए। इन्ज्युरी समयमा मेस्सीले रोमाञ्चक गोल गर्दै टोलीलाई ४–३ को जित दिलाए । जितसँगै शीर्षस्थानको पीएसजीको २४ खेलबाट ५७ अंक जोडेको छ ।
गएराति नै भएको अर्को खेलमा मोनाकोले ब्रस्टलाई २–१, लोरियन्टले अजासियोलाई ३–०, रेनेसले क्मिोन्टलाई १–०, मोन्टीपिलरले ट्रोयसलाई १–०, लेन्सले नान्टेसलाई ३–१ ले तथा मार्सेलीले टोउलोसलाई ३–२ ले हराए ।