काठमाडौं । ललितपुरको लगनखेलमा आत्मदाहको प्रयास भएको छ । हिजो साँझ ललितपुरको विद्युत प्राधिकरण भवन अघिल्तिर एक जना पुरुषले शरीरमा आगो लगाएका हुन् ।
साँझ साढे ७ बजेतिर लगनखेलको प्राधिकरण क्वार्टरमा बस्दै आएका उद्धव पराजुलीले शरीरमा मट्टितेल खन्याएर आगो लगाएको बताइन्छ । प्राधिकरणमा कार्यरत श्रीमतीसँग उनी क्वार्टरमा बस्दै आएका थिए ।
श्रीमतीकै अघिल्तिर आगो लगाएका उनको शरीरको ४० प्रतिशत भाग जलेको छ । आफन्त र प्रहरीको सहयोगमा आगो निभाएपछि उनलाई उपचारार्थ पाटन अस्पतालमा लगिएको थियो ।
पछि कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचार भइरहेको छ । तर आत्मदाहको प्रयास किन गरे भन्ने कारण नखुलेकाले अनुसन्धान भइरहेको जनाइएको छ ।