एजेन्सी । भारतको उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा रहेको पोस्को अदालतले बिहिबार एक नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई अभियुक्तलाई २० र २० वर्ष कैद र ३१ र ३१ हजार रुपैयाँ आर्थिक जरिवानाको सजाय सुनाएको छ ।
घटना सिभिल लाइन प्रहरी चौकी इलाकामा २०१५ मार्च २ मा भएको हो जब १६ वर्षीया किशोरी बिहान सबेरै घरबाट दूध लिन निस्किएकी थिइन् ।
सोही क्रममा कारमा सवार दुई अभियुक्तले युवतीलाई कारमा जबरजस्ती अपहरण गरी खेतमा लगे जहाँ अभियुक्त मोहसिन र वाजिदले पीडित युवतीसँग सामूहिक बलात्कार गरी घटनास्थलबाट भागेका थिए ।
अभियोजन पक्षका अधिवक्ता दिनेशकुमार शर्माले नाबालिग बलात्कारको घटनामा अभियोजन पक्षका तर्फबाट विशेष अभियोजक दिनेशकुमार शर्मा र मनमोहन वर्माले ६ वटा प्रमाण पेस गरी मौखिक र लिखित पूर्णता प्रमाणित गरेपछि अदालतले दोषीलाई सजाय सुनाएको हो ।