एजेन्सी । अर्जन्टिनाको राष्ट्रिय फुटबल टिम तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) फरवार्ड लियोनल मेस्सीले सन् २०२२ को प्लेयर अफ द इयरको अवार्ड हात पारेका छन् । सन् २०२२ बेस्ट फिफा अवार्डस अन्तर्गत मेस्सीले सोमबार राति प्लेयर अफ द इयरको अवार्ड हात पारेका हुन् । मेस्सीले दोस्रो पटक यो अवार्ड जितेका हुन् ।
३५ वर्षीय अर्जेन्टिनाका कप्तान मेस्सीले फ्रान्सका फरवार्ड कायलियन एमबाप्पे र करिम बेन्जेमालाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् । मेस्सीले गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकपमा कप्तानको रुपमा अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका थिए । उनले २०२१/२२ को सिजनमा क्लबका लागि ४९ खेलमा २७ गोल गरे ।
यता स्पेनिस क्लब बार्सिलोनाकी अलेक्सिया पुटेलास महिलातर्फको प्लेयर अफ द इयर घोषित भइन् । अर्जेन्टिनालाई विश्वकप दिलाएका लियोनल स्कालोनी कोच अफ द इयर घोषित भए । महिलातर्फ इंग्ल्यान्डकी कप्तान सारिना विगमेनले उक्त अवार्ड जितिन् ।