एजेन्सी । मध्यप्रदेशको नरसिंहपुर जिल्लाबाट हृदयविदारक खबर आएको छ । जहाँ जेठी दिदीले प्रेमीसँगको सम्बन्धमा बाधक बनेकी कान्छी बहिनीको हत्या गरिन् । आफ्नो प्रेमीसँग मिलेर उनले पीडादायी मृत्यु दिइन् । दुवैले हत्यालाई घटना देखाउन र प्रहरीलाई भ्रममा पार्ने प्रयास गरे पनि अन्ततः हत्याको पर्दाफास भयो ।
प्रहरीले प्रेमी प्रेमिकालाई पक्राउ गरेको छ । उनीहरुलाई बिहिबार अदालतमा पेश गरी जेल पठाइनेछ । घटनापछि पुरै नरसिंहपुर जिल्लामा सनसनी फैलिएको छ । यो हत्याकाण्डमा कसैले विश्वास गर्न सकिरहेका छैनन् । यो हत्याको घटना साइखेडाको हो ।
जानकारी अनुसार एक युवतीको शंकास्पद मृत्यु भएको अस्पतालबाट प्रहरी चौकी साइखेडालाई सूचना प्राप्त भयो । सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । सोधपुछका क्रममा बालिकाको नाम शिखा अवस्थी रहेको खुलेको छ ।
बहिनी खुश्बु र आमाले उनलाई अस्पताल ल्याएका थिए । बाथरुममा लडेर बालिकाको मृत्यु भएको परिवारको भनाइ रहेपनि घटना शंकास्पद रहेको अस्पताल व्यवस्थापनले प्रहरीलाई बताएको थियो । यस सम्बन्धमा प्रहरीले गहिरो अनुसन्धान थालेको थियो ।
युवतीले गरिन् हत्याको सबै गोप्य खुलासा
अनुसन्धानका क्रममा प्रहरीको शंकाको सुई मृतककी दिदी खुश्बुमा परेको थियो । प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । यस क्रममा खुश्बुले प्रहरीलाई अनुसन्धानबाट विचलित गराउन खोज्दै हत्याको खण्डन गरिन् ।
तर, प्रहरीले सोधपुछ गर्दा उनले हत्याको सबै गोप्य खुलासा गरिन् । उनले उत्तर प्रदेशको अमेठीमा बस्ने राहुल सिंहसँग सामाजिक सञ्जालमार्फत मित्रता भएको प्रहरीलाई बताइन् । बिस्तारै यो मित्रता प्रेममा परिणत भयो ।
विवाहका लागि बहिनीको हत्या शर्त
उनले प्रहरीलाई आफू राहुल सिंहसँग विवाह गर्न चाहेको बताएकी थिइन् तर शिखाले मानिनन् । पटक पटक बुझाए पनि समस्या समाधान हुन सकेन । खुश्बुका बारेमा अरु पनि यस्ता धेरै कुरा रहेको प्रहरीले बताएको छ, जसलाई लिएर उनी शिखासँग रिसाएकी थिइन् । दुईबीच झगडा हुन्थ्यो ।
प्रहरीका अनुसार बाल्यकालदेखि खुश्बु शिखासँग रिसाएकी थिइन् । शिखालाई हटाउन खुश्बूले आफ्ना प्रेमी राहुल सिंहलाई साथमा लिएकी थिइन् । उनले राहुललाई भने कि यदि उनी उनीसँग विवाह गर्न चाहन्छन् भने उनले शिखालाई मार्नु पर्छ ।
ढुङ्गाले टाउकोमा प्रहार गरि चक्कु प्रहार गरियो
प्रेमी राहुलले आफ्नी प्रेमिकाको प्रस्ताव स्वीकार गरे र अमेठीबाट नरसिंहपुरको सैनखेडा आए । फेब्रुअरी २२ मा राहुल सैंखेडा पुगेपछि खुश्बुले आमालाई निद्राको चक्की दिएर सुताइन् । त्यसपछि उनले राहुललाई घरमा बोलाएर कान्छी बहिनी शिखाको हत्या गरिन् । दुवैले पहिले शिखाको टाउकोमा ढुङ्गाले प्रहार गरे र त्यसपछि चक्कुले पटक पटक प्रहार गरेका थिए ।