काठमाडौँ । नेपाली सुन बजारमा बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुन व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको छ। यसअघि, मंगलबार छापावाल सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको थियो।