काठमाडौं । दार्चुलामा भारतीय नागरिक सवार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । मधेस प्रदेश ०३–००–०३४० नम्बरको जीप महाकाली नगरपालिका–४ बांगाबगर खानेपानी ट्यांकी नजिक लास्कु खोलामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी भारतको पिथौरागढ जिल्लाको धार्चुला सिमखोला बस्ने ६० वर्षीया कालीदेवी नेगीको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका गम्भीर अवस्थाका तीन जनालाई उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको छ । स्थानीय डुङरी मन्दिरमा पूजापाठको लागि गएकाहरु सवार जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।