काठमाडौं । विवाह नै गुपचुपमा राखेका गायक राजेशपायल राईले विवाहदर्ता गरेको खुलेको छ । उनले खोटाङकै एक युवतीसँग विवाह दर्ता गरेको प्रमाणपत्र सार्वजनिक भएको हो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रमाणपत्र अनुसार उनले खोटाङको जन्तेढुंगा ३ की साङ्गबुङ्ग राईसँग विवाह गरेका हुन् । राजेश पायलको पुर्खौली घर खोटाङको दिक्तेल नगरपालिकाको बुईपा हो ।
हाल उनीहरु काठमाडौं महानगरपालिका ३१ मा बस्दै आएका छन् । उनले काठमाडौंमै विवाहदर्ता गरेका हुन् । राजेशपायल राईले आफूभन्दा आधाबढी कान्छी युवतीसँग विवाह गरेका हुन् ।
राजेशपायल ४७ वर्षका भए । तर उनले २१ वर्षीया साङ्गबुङ्गसँग विवाह गरेका हुन् । उनीहरुका एक छोरा समेत छन् । त्यति हुँदा पनि विवाह बारे सार्वजनिक रुपमा नखुलेका राजेशपायलले गत मंसिर २६ गते विवाह गरेको खुलेको छ ।