काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मतदान गरेर फर्किने क्रममा लडेर एक जना प्रदेश सभा सदस्य घाइते भएका छन् । बिहिबार राष्ट्रपति निर्वाचनमा मत खसालेर फर्किने क्रममा सिँढीमा लड्दा मधेश प्रदेशका सांसद गोविन्द न्यौपाने घाइते भएका हुन् ।
सांसद न्यौपानेको टाउकोमा चोट लागेको छ । घाइते सांसद न्यौपानेलाई सिभिल अस्पतालमा भर्ना गरिएको छ । न्यौपाने गत मंसिर ४ गतेको निर्वाचनमा सप्तरी-४ (१) बाट विजयी भएका थिए । उनी नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य हुन् ।