काठमाडौँ । मुलुकको वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबारबाट सकिँदै छ । २०७४ साल फागुन २९ गते राष्ट्रपति पदमा निर्वाचित भइ फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी उनको आजबाट कार्यकाल सकिन लागेको हो।
यो उनको दोस्रो कार्यकालका हो । उनी यसअघि पनि ०७२ साल कात्तिक ११ गते मुलुकको दोस्रो राष्ट्रप्रमुखका रुपमा निर्वाचित भएकी हुन् । गत फागुन २५ गते सम्पन्न निर्वाचनमार्फत मुलुकको नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। उनी नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेमवाङ्लाई भारी मतान्तरले पराजीत गर्दै विजयी भएका हुन् ।
नवनिर्वाचित राष्ट्रपति पौडेलले जिम्मेवारीलाई जिम्मेवारी सुम्पिँदै वर्तमान राष्ट्रपति भण्डारीले आज राष्ट्रपति निवास शीतलनिवास छाड्दैछिन् । सचिवालयका अनुसार उनी आज शीतलनिवासबाट बुढानीलकण्ठ(२ चपलीस्थित निजी निवासमा सर्ने तयारीमा छन् ।