काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबारको दिन सुनको मूल्य १७ सय रुपैयाँले र चाँदी तोलामा २५ रुपैयाँले बढेको छ । नेपााल सुन व्यावसायी महासंघका अनुसार आज छाफावाला सुनको प्रतितोला मूल्य तोलामा १७ सय रुपैयाँले बढेर १ लाख ३ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
साता कारोबारको अन्तिम दिन अर्थात शुत्रलवारको दिन छाफावाला सुनको प्रतितोला मूल्य तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको थियो ।
साथै, शुक्रबार प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भैरहेको चाँदीको मुल्य आज तोलामा २५ रुपैयाँले बढेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।