काठमाडौँ । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभिरमा आज बिहान बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए।
दुर्घटनामा १९जना घाइते भएका र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको छ। अहिले उद्धार जारी रहेको र मृतक तथा घाइतेको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
प्रहरीका अनुसार बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस भित्तामा ठोक्किएर दुर्घटना भएको हो। घटनाको विस्तृत विवरण आउन बाँकी छ।