काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १६ सय रुपैयाँले बढेको छ । नेपाल सुन व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख पाँच हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको एक लाख चार हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन तोलाको एक लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।