एजेन्सी । पछिल्ला केही वर्षदेखि आमिर खानका स्टारहरू गर्दिसमा दौडिरहेका छन् । आमिर खानको पछिल्लो फिल्म लाल सिंह चड्ढाले खासै उपलब्धि देखाउन सकेन । अहिले आमिर फिल्मबाट ब्रेकमा छन् ।
आमिर खानले यसअघि पनि एक पटक आफ्नी पहिलो पत्नी रीना दत्तसँग सम्बन्धविच्छेद गरेपछि लामो ब्रेक लिएका थिए । भावनात्मक रूपमा टुटेपछि आमिर खान करिब २ वर्षसम्म फिल्मबाट टाढा रहे ।
आमिर खानले दुई पटक विवाह गरे तर दुवै पटक उनको मुटु टुटेको थियो र उनले सम्बन्धविच्छेद गरे । अहिले ५८ वर्षको उमेरमा आमिर खान एक्लो जीवन बिताइरहेका छन् । यद्यपि आमिर खानका दुवै श्रीमती उनका साथी हुन् र पारिवारिक समारोहमा देखा पर्छन् ।
रगतले चिठ्ठी लेखेर मन जिते, १६ वर्षपछि सम्बन्धविच्छेद
आमिर खानले सन् १९८८ मा फिल्म ‘कयामत से कयामत तक’बाट आफ्नो फिल्मी यात्रा सुरु गरेका थिए । तर फिल्ममा आउनुअघि नै आमिर खानले रीना दत्तसँग विवाह गरेका थिए । रीना र आमिर दुवै छिमेकी हुन् ।
सानै उमेरमा आमिर खान झ्यालबाट रीनालाई हेर्ने गर्थे । सन् १९८९ मा आमिर खानले एक अन्तर्वार्तामा भनेका थिए, ‘मलाई रीना धेरै मन पर्यो । झ्यालबाट हेरिरहन्थेँ । यसरी सुरु भयो मेरो एकतर्फी प्रेम कथा ।
सुरुमा रीनाले मेरो प्रस्ताव अस्वीकार गरिन् । तर मैले प्रयास गरिरहे र अन्ततः उनको मन जित्न सफल भएँ ।आमिर खान र रीना दत्तको विवाह १८ अप्रिल १९८६ मा भयो । दुबैका २ सन्तान पनि छन् । छोरीको नाम आयरा खान हो जसले भर्खरै इन्गेजमेन्ट गरेकी छिन् ।
यससँगै आमिर खानका एक छोरा जुनैद पनि छन् । दुवैबीच धेरै प्रेम थियो तर सन् २००२ मा दुवैले १६ वर्षको वैवाहिक सम्बन्ध तोडेर सम्बन्धविच्छेद गरेका थिए । दुवैको सहमतिमा सम्बन्धविच्छेद भएको थियो र आजसम्म दुवै साथी हुन् ।
डिभोर्सको कारण आमिर खानको हिरोइनसँगको अफेयरलाई बताइन्छ । तर, यसमा कति सत्यता छ भन्ने कुरा आमिर र रीना दत्तलाई मात्र थाहा छ ।
बेलायती पत्रकार बनिन् सम्बन्धविच्छेदको कारण !
आमिर खानको सम्बन्धविच्छेदको बारेमा यो पनि भनिएको थियो कि आमिरले एक बेलायती पत्रकारसँग मित्रता गरेका थिए । आमिर खान र बेलायती पत्रकार जेसिका हाइन्सको पनि एक छोरा रहेको अफवाह रहेको छ ।
दुबैको भेट फिल्मको सेटमा भएको थियो र जसिका केही वर्ष आमिरसँग बसिन र आफ्नो छोरासँग लन्डन फर्किन् । मिडियामा पनि यही कारणले आमिर र रीना दत्तको विवाहमा दरार आएको हल्ला चलेको थियो ।
आमिर खानले २ वर्षसम्म भोगे पीडा
आमिर खानले धेरै पटक भनेका छन् कि डिभोर्स पछि, मैले दुई वर्षसम्म यसको पीडालाई सामना गर्ने प्रयास गरिरहे । यस अवधिमा म घरमा मात्रै बसेँ, कुनै काम गरिन् । तर, २ वर्षपछि मैले किरण रावलाई भेटेँ र बिस्तारै राम्रो हुन थाल्यो ।
आमिर खान र किरण रावको सम्बन्ध पनि फिल्मको सेटबाटै सुरु भएको थियो । दुवै साथी बने र प्रेममा परे । किरण राव र आमिर खानको विवाह २८ डिसेम्बर २००५ मा भएको थियो । दुवैको विवाहपछि एउटा छोरा पनि जन्मियो । विवाहको १५ वर्षपछि उनीहरुको वैवाहिक सम्बन्धमा दरार आयो र जुलाई ३, २०२१ मा दुवैको सम्बन्धविच्छेद भयो ।