काठमाडौं । उपराष्ट्रपतिका लागि आज मतदान प्रकिया चलिरहेको छ।
बानेश्वरस्थित संसद् भवनमा अहिले मतदान भइरहेको छ।
मतदानकै लागि मतदाता रहेका प्रतिनिधिसभाका सदस्य, राष्ट्रियसभाका सदस्य र प्रदेशसभाका सदस्यहरु नयाँ बानेश्वरमा रहेका छन्।
मतदानकै क्रममा अस्पतालमा रहेका एक सदस्यलाई एम्बुलेन्स र स्टेचरको मद्धतबाट मतदानस्थल नयाँ बानेश्वर लगेर मतदान गराएका छन्।