अछाम । विद्यार्थी चढेको ट्याक्टर मेल्लेख गाउँपालिकाको बुढा खोला भन्ने स्थानमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । १६ वर्षीया मनीषा बुढाको घटनास्थलमै मृत्यु भएको हो ।
सोही दुर्घटनामा घाइते हुनेमा १५ वर्षीया सुस्मिता बुढा, १४ वर्षीया पार्वती बुढा, करिश्मा बुढा र १२ वर्षीया पुष्पा विक रहेका छन् । दुर्घटना भएको ट्याक्टरमा च्यापिएका चार जना विद्यार्थीलाई उद्धार गरेर वयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।
आइतबार मध्य दिउँसो संस्थाले बाँड्ने खुत्रुके लिन पिपलसैन माध्यमिक विद्यालय जाने क्रममा से २ त ३४३१ नम्बरको ट्याक्टर मेल्लेख गाउँपालिकाको दर्वा र बगुडाको बिचमा बुढा खोला भन्ने स्थानमा दुर्घटनामा परेको बताइएको छ ।