एजेन्सी । रजनीकान्त, चिरञ्जीवी, नागार्जुन जस्ता धेरै कलाकारहरु अहिले चुनिएका फिल्महरु मात्र गरिरहेका छन् । उनीहरुले फिल्मका लागि ठूलो पारिश्रमिक लिने गरेका छन् । आज हामी रजनीकान्त, चिरञ्जीवी र मोहनलाल जस्ता कलाकारहरू सम्पत्ति कति छ भन्ने कुरा जानकारी गराउँदैछौं ।
चिरञ्जीवी
चिरञ्जीवीसँग दक्षिण भारतीय अभिनेताहरूमध्ये सबैभन्दा धेरै सम्पत्ति रहेको छ । तेलुगु सिनेमाका मेगास्टार चिरञ्जीवीसँग हैदरावादको जुबली हिल्समा २८ करोड रुपैयाँको विलासी भिला रहेको छ । चिरञ्जीवीको कुल सम्पत्ति १६५० करोड रुपैयाँ रहेको छ ।
नागार्जुन
पछिल्लो ३५ वर्षदेखि हिन्दी, तमिल, तेलुगु र कन्नड भाषाका १०० भन्दा बढी फिल्ममा काम गरिसकेका नागार्जुनको कुल सम्पत्ति ९५० करोड रुपैयाँ छ । उनीसँग धेरै लक्जरी कार छन् । यस बाहेक उनको हैदरावादमा करोडौंको आलिशान बंगला छ ।
रजनीकान्त
थलाइवा भनेर चिनिने रजनीकान्तले एउटा फिल्मका लागि १५० करोड पारिश्रमिक लिन्छन् । सिए नलेजका अनुसार दिग्गज अभिनेताको ४३० करोड रुपैयाँको सम्पत्ति छ । उनको चेन्नईको पोश एरिया पोस गार्डेनमा विलासी बंगला छ । उनीसँग रोल्स रोयस फ्यान्टम, मर्सिडिज बेन्ज जी वैगन, ल्याम्बोर्गिनी उरुस जस्ता महँगो गाडीहरू छन् ।
कमल हसन
सुपरस्टार कमल हसन ३८८ करोडको सम्पत्तिका मालिक हुन् । सन् २०२२ मा उनको फिल्म विक्रमले सफलताको झण्डा फहरायो । त्यसपछि अब उनले आफ्नो शुल्क पनि बढाएका छन् । मिडिया रिपोर्टका अनुसार कमल हसनले आफ्नो आगामी फिल्मका लागि १५० करोड भारु पारिश्रमिक लिएका छन् ।
मोहनलाल
मेगास्टार मोहनलाललाई कुनै परिचयको आवश्यकता छैन । यस मलयालम सुपरस्टारको कुल सम्पत्ति ३७६ करोड भारु अनुमान गरिएको छ । चलचित्रका अलावा मोहनलालले व्यापारबाट पनि राम्रो कमाइ गर्छन् । सन् २००७ मा मोहनलालले आफ्नो कम्पनी टेस्ट बड्सको बहुमतको साथ कोच्चिमा एउटा होटल खोलेका थिए । उनको आफ्नै फिल्म निर्माण र वितरण कम्पनी म्याक्सल्याब इन्टरटेनमेन्ट पनि रहेको छ ।
ममूटी
मलयालम सुपरस्टार ममूटी विगत पाँच दशकदेखि साउथका दर्शकको मनमा राज गर्दै आएका छन् । उनको कुल सम्पत्ति ३४० करोड रुपैयाँ अनुमान गरिएको छ । उनी मलयालम कम्युनिकेशनका अध्यक्ष हुन् । यो कम्पनीले धेरै टिभि च्यानलहरू सञ्चालन गर्दछ । यस बाहेक उनले आफ्नो ममूटी कम्पनीको ब्यानरमा फिल्म पनि निर्माण गर्छन् ।