जनकपुरधाम । मधेश प्रदेशका एक सचिवले चार वटा गाडी ओगटेको पाइएको छ । प्रदेश सभाका सचिव समेत रहेका रंजितकुमार यादवले चार वटा गाडी प्रयोग गरिरहेको पाइएको छ ।
मुख्यमन्त्री सरोज कुमार यादवका विश्वासपात्र रहेका सचिव यादवले महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालय र प्रदेश सभाबाट पनि गाडी सुविधा लिएका हुन् ।
दुवै कार्यालयबाट उनले दुई दुई वटा गाडी प्रयोग गरिरहेका छन् । सचिव यादवले मन्त्रालयबाट प्र ०२-००१ झ ०१६९ र प्र ०२-००१ झ ०१८४ नम्बरको क्रेटा गाडी प्रयोग गरिरहेको मन्त्रालयको अभिलेखमा उल्लेख छ ।
त्यस्तै प्रदेश सभाबाट उनले ज १ झ ४६१ नम्बरको टेरानो तथा ज १ झ १०० नम्बरको अर्को चारपांग्रे नै गाडी प्रयोग गरिरहेको प्रदेश सभाले जनाएको छ । मधेश प्रदेशमा उपसचिव भन्दा माथिल्लो तहका कर्मचारीलाई एउटा मात्रै चारपांग्रे सवारी प्रयोग गर्न पाउने नियम छ ।