काठमाडौं । काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका–११ सिप्रदीमा गएराती ट्रकमा स्कुटर ठोकिँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक बाग्लुङका अन्दाजी २३ वर्षीय किरण केसी रहेका छन् ।
राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा गए राती १ बजे केसीको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सडक छेउमा रोकी राखेको ना ७ ख ५७१२ नम्बरको ट्रकमा नागढुङ्गाबाट थानकोटतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१० प ३२१७ नम्बरको स्कुटर गएराती १२ बजे ठोकिँएको थियो । दुवै सवारी साधन सहित ट्रक चालकलाई प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको छ ।