एजेन्सी । कसैले सहि भनेका छन् प्रेमको कुनै उमेर हुँदैन, प्रेम मात्रै हुन्छ । बलिउडका यी जोडीले आफ्नो अधै उमेरमा विवाह गरेर सारा संसारका लागि उदाहरण बनाएका छन् । आउनुहोस् जानौं यी जोडीको प्रेम जीवनको बारेमास
कबीर बेदी
दिग्गज अभिनेता कबीर बेदीको जीवनमा एक दुई पटक होइन चार पटक प्रेमले दस्तक दियो । यी अभिनेताले सन् १९६९ मा प्रोतिमा बेदीसँग पहिलो विवाह गरे तर सन् १९७४ मा उनीहरुको सम्बन्धविच्छेद भयो । त्यसपछि एक ब्रिटिश फेसन डिजाइनर र निक्की बेदीले अभिनेताको जीवनमा प्रवेश गरे तर उनको पहिलो विवाह जस्तै यी दुवैको विवाह पनि लामो समय टिक्न सकेन । त्यसपछि ३० वर्ष कान्छी परवीन दुसाँझ कबीर बेदीको जीवनमा प्रवेश गरिन् । वर्षौंसम्म डेटिङ गरेपछि कबिर बेदीले २०१६ मा परवीन दुसाँझसँग विवाह गरेका थिए । चाखलाग्दो कुरा के छ भने, अभिनेताको चौथी श्रीमती उनकी छोरी अभिनेत्री पूजा बेदीभन्दा ५ वर्ष कान्छी छिन् ।
सुहासिनी मुल
हिन्दी, मराठी र टिभी उद्योगकी दिग्गज अभिनेत्री सुहासिनी मुलले ६० वर्षको उमेरमा विवाह गरेर सबैका लागि उदाहरण बसाल्नुभएको छ । यी अभिनेत्रीले समाज र परिवारको दबाबमा बिहे गरेनन्, बरु वर्षौंसम्म सहि साथीको पर्खाइमा बसिन् । सुहासिनी मुलाले सन् २०११ मा अतुल गुर्टुलाई जीवनसाथी बनाएकी थिइन् । यो जोडी फेसबुकमा भेटेका थिए ।
नीना गुप्ता
नीना गुप्ता आफ्नो अभिनयका साथ साथै व्यक्तिगत जीवनबाट पनि धेरै चर्चामा छिन् । नीना गुप्ताले जहिले पनि आफ्नो समयभन्दा अगाडि सोचिन् । यी अभिनेत्रीले एक्लै छोरी मसाबा गुप्तालाई हुर्काएकी छिन् । वर्षौंसम्म अविवाहित रहेपछि नीना गुप्ताले ५४ वर्षको उमेरमा आफ्नो जीवनसाथी भेट्टाइन् । सन् २००८ मा नीना गुप्ताले विवेक मेहरासँग विवाह गरेकी थिइन् ।
सञ्जय दत्त
सञ्जय दत्त पनि तीन पटक दुलहा बनेका छन् । यी अभिनेताले पहिलो पटक सन् १९८७ मा अभिनेत्री ऋचा शर्मासँग विवाह गरेका थिए । तर सन् १९९६ मा ऋचा शर्माको निधन भएपछि संजय दत्तले मोडल रिया पिल्लईसँग १९९८ मा विवाह गरे । सन् २००८ मा उनीहरुको सम्बन्धविच्छेद भयो र त्यसपछि मान्यता दत्तले सञ्जय दत्तको जीवनमा प्रवेश गरिन् । सन् २००८ मा ४८ वर्षको उमेरमा सञ्जय दत्तले २० वर्ष कान्छी मान्यतासँग विवाह गरेका थिए । आज यी दम्पतीका दुई सन्तान पनि छन् ।
मिलिन्द सोमन
अभिनेता तथा सुपर मोडल मिलिन्द सोमनले ५२ वर्षको उमेरमा दोस्रो विवाह गरेर सबैलाई चकित पारेका छन् । मिलिन्द सोमनले सन् २००६ मा फ्रान्सेली अभिनेत्री माइलीन जम्पानोईसँग पहिलो विवाह गरेका थिए तर उनीहरुको विवाह ३ वर्ष मात्रै टिकेको थियो । २०१८ मा मिलिन्द सोमनले आफूभन्दा २६ वर्ष कान्छी अंकिता कोन्वरको हात समातेका थिए । आज मिलिन्द सोमन र अंकिता कोन्वर सुखी जीवन बिताइरहेका छन् ।