काठमाडौँ । आज नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाएका छन् । आइतबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव विनोद प्रकाश सिंहले उनलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
नवनियुक्त आईजीपी कुँवरले आज देखि औपचारिक रूपमा नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने भएका हुन् । कुँवरले अहिलेकै अवस्थामा २ वर्ष नेतृत्व गर्नेछन् ।यद्यपि संघीय प्रहरी ऐन बनाउने तयारी अगाडी बढेकाले आईजीपीको कार्यकाल लम्बिने सम्भावना छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को फुली लगाएको पाँचौ दिनमा कुँवरले आईजीपीको फुली लगाएका छन् । कुँवरले चै ८ मा एआईजीको फुली लगाएका थिए । चैत ६ मा मन्त्रिपरिषद्ले कुँवर सहित ५ जना अधिकृतहरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको थियो । चैत १० मा कुँवरलाई अन्त्रिपरिषद्ले आईजीपी नियुक्त गरेको थियो ।