काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार भेटवार्ता भएको छ । उनीहरूबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सरकारको न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल भएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्रिमण्डल विस्तारका लागि भोलि दिउँसो ४ बजे गठबन्धनमा आवद्ध दलको बैठक बोलाउने समझदारी भएको छ। उक्त छलफलमा केहीबेर ढिलोगरी नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल पनि पुगेका थिए ।
प्रधानमन्त्री दाहालले चैत ६ गते दोस्रो पटक विश्वासको मत प्राप्त गरेपछि चैत १० गतेसम्म मन्त्रिमण्डल बिस्तार गर्ने दावी गरेका थिए । सत्तारूढ दलहरूबीच भागबन्डा नमिल्दा मन्त्रिमण्डल बिस्तार हुन नसकेको हो ।