१) परिभाषा : – “प्रजातान्त्रिक रूपमा नियन्त्रित अनि संयुक्त स्वामित्व सहितको उद्यममार्फत आ–आफ्ना साझा आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता एवं आकांक्षालाई पूरा गर्न भनी स्वैच्छिकरूपले संगठित भएका व्यक्तिहरूको स्वायत्त संगठन नै सहकारी हो।”
२) मूल्य : – सहकारी संस्थाहरू आत्मनिर्भर, स्व–उत्तरदायित्व, प्रजातन्त्र, समानता, सामाजिक न्याय तथा ऐक्यवद्धताका मूल्यहरूमा आधारित छन्। आफ्ना संस्थापकहरूको परम्परामा सहकारी संस्थाका सदस्यहरूले इमान्दारिता, खुलापन, सामाजिक दायित्व र अरूको चासो राख्ने नैतिक मूल्यहरूमा विश्वास राख्छन्।
३) सिद्धान्त : – सहकारी सिद्धान्तहरू सहकारी संस्थाहरूद्वारा आफ्ना मूल्यहरूलाई व्यवहारमा उतार्ने मार्गदर्शनहरू हुन्। अन्तर्राष्ट्रिय सहकारी महासंघद्वारा सन् १९९५ मा परिमार्जित निम्न सात सिद्धान्तहरू हालसम्म प्रचलित छन्। माथि उल्लेख गरिएका सहकारीका मूल्यहरूलाई व्यवहारमा उतार्न निम्न सिद्धान्तहरू प्रतिपादन भएका छन्।
१) स्वेछिक तथा खुल्ला सदस्यता ।
२) सदस्यहरुद्धारा संस्थामाथी प्रजातान्त्रिक नियन्त्रण ।
३) सदस्यहरु द्धारा आर्थिक सहभागिता ।
४) स्वायतता तथा स्वतन्त्रता ।
५) शिक्षा तालिम र सुचना ।
६) सहकारीहरु बीच सहकारिता ।
७) समुदाय प्रति चासो ।
सहकारीको मूल्य र मान्यताहरु
क) आधारभुत
ख) नैतिक
क) आधारभुत अन्तरगत
१) आत्मसहयोग २) स्वउत्तरदायित्य ३) प्रजातन्त्र ४) समानता ५) न्याय ६) ऐक्यबद्धता ७) अनुशासन ।
ख) नैतिक अन्तरगत
१) ईमान्दारिता २) खुल्लापन ३) सामाजिक उत्तरदायित्य ४) अरुको हेरचाह