जीवन बीमा के हो ?
बीमा एक जोखिम संग सम्बन्धित विषय भएकोले यो कहिले, कहाँ, कसरी र कतीवेला हुन्छ भन्ने कुरा अनिश्चित हुन्छ । जीवन बीमा अर्न्तगत आइपर्ने सम्भावीत जोखिमहरुका कारण अर्थिक क्षति भएमा कम्पनीले वहन गर्ने गर्छ । यसरी जीवन बीमा गर्दा व्यक्तिको जोखिम कम्पनीले बहन गर्ने भएकोले यसलाई एक जोखिम हस्तान्तरण गर्ने प्रक्रियाको रुपमा लिन सकिन्छ । जीवन बीमा भनेको बीमक र विमित विच गरिने एक किसिमको करारपत्र हो ।
जीवन र निर्जिवन बीमाको इतिहासः
निर्जिवन विमाको इतिहास नेपालमा वि.सं.२००५ (इ.सं.१९४८) देखि सुरु भएको पाइन्छ । इ.सं. १९५० देखि नै नेपलामा विभिन्न निर्जिवन बीमा कम्पनीहरुले काम गरेको पाइन्छ । अहिले सम्म आएर नेपालमा कूल १५ थप निर्जिवन बीमा कम्पनीको काम गर्दै आएको पाइन्छ तर जीवन बीमाको विकास भने निकै कम पाइएको छ । लाइफ इन्स्योरेन्स कम्पनी (इन्डिया) जीवन बीमा सम्बन्धि कार्य पहिले काण्माडौंमा गरेको थियो ।तर त्यो जीवन बीमा व्यवसाय काठमाडौंमा मात्रसिमित रहेको थियो । नेपालमा इल.आइ.सि. ले आफ्नो व्यवसाय सम्बन्धि कार्य इ.सं. १९६२ मा स्थगन गरेको थियो । त्यस पछि LIC को बीमा व्यवसाय वि.सं.२०२९ मा राष्ट्रिय
बीमा संस्थानले लिएको थियो । त्यस पछि जीवन बीमा व्यवसायमा काम गर्ने अर्को बीमा Nationa Life and General Insuranceले वि.सं. २०४५ मा विमा सम्बन्धि व्यवसाय गर्दै आएको छ । बिमा सम्बन्धि कार्यहरु बीमा ऐन, २०२६ (१९६९) ले अनुगमन भएकोमा बीमा ऐन र नियमावली परिमार्जित भई नयाँ बीमा नियमावली र ऐन २०४९ लागि गरिएको थियो । बीमा समितिले बीमा ऐन र नियमावली २०४९ अनुसार बीमा सम्बन्धि सम्पूर्ण कार्यहरुको अनुगमन गर्दै आएको छ । राष्ट्रिय बीमा संस्थानको कार्यावद्धी सन्तोषजनक भए पनि बिकासोन्मुख देशहरुमा बीमा सम्बन्धि ज्ञानको कमि रहेको पाइन्छ ।
बीमा सम्बन्धिः
किम्पनीले प्रस्तुत गरेका जीवन बीमा सम्बन्धि
प्रकारहरु कस्ता छन ?
– सुरक्षित, धनबर्षा, दोहोरो दुर्घटना लाभ,सुरक्षित
भविष्य,सामूहिक, केटाकेटी, छोराछोरी,सुखमय,जीवन लक्ष्मी,जीवन साहारा,जीवन सारथी ।
बिमा गर्नको लागि चाहिने उपयुक्त उमेर के हो ?
– जन्मने बितिकै तर जोखिम प्रारम्भ बिमित ८ बर्षपुरा पछि लागु हुने ।
अभिकर्ता संग बीमा गराउन र आफै सोझै कम्पनीमा गई बीमा गराउनमा के भिन्नता छ?
– जीवन बीमा गराउन ग्राहकलाई अभिकर्ताद्धारा गराउदा सुझाव
दिइन्छ तर Direct बीमा गराउनु हुंदा अभिकर्ताबाट पाउन सक्ने सुविधाबाट बन्चित हुनुहुनेछ ।
एक पटक लागु भई सकेको बीमालेखमा परिवर्तन गर्न सकिन्छ ?
– एक पटक लागु भई सकेको बीमालेखमा परिवर्तन गर्न सकिने छैन तर बीमाशुल्क तिर्ने तरिका, इच्छाइएको व्यक्ति, ठेगाना भने परिवर्तन गर्न सकिनेछ । भविष्यमा बीमाङ्क रकममा थप घट गर्न सकिर्दैन ।
बोनस के हो र कसरी दिइन्छ ?
– बोनस भनेको कम्पनीको कम्पनीले आफ्नो नाफा नोक्सानको हिसाब गरि प्रदान गर्ने प्रतिफल हो ।
बीमा समाप्ति वा बीमितको मृत्यु जुन पहिले घटछ त्यस समयमा कम्पनि वोनस समेत प्रदान गर्दछ ।
यदि बीमितको दुर्घटना भएमा औषधिउपचार खर्च पाउछ ?
– जीवन बीमा बीमितको जोखिम मात्र बहन गर्ने गर्दछ ।
यदि बिमित देश बाहिर भए इच्छाएको व्यक्तिले कसरी Survival Benefit बापतको रकम भुक्तानी पाउछ ?
– बीमितको निवेदन, सक्कल बीमालेख र इच्छाएको व्यक्तिको परिचय प्रमाणपत्र सहित कम्पनीको सम्बन्धित शाखा कार्यालयबाट भुक्तानी लिन सकिन्छ।
बिमितले कसलाई इच्छाएको व्यक्ति राख्न पाउँछ ?
– आमा, बुबा, छोरा, छोरी, श्रीमान, श्रीमती वा कानुनले नजिक मानेको व्यक्ति ।
इच्छाएको व्यक्तिको मृत्यु भए के हुन्छ ?
– बीमा समाप्ति हुन अगावै इच्छाएको व्यक्ति परिवर्तन गर्न सकिने छ ।
– यदि परीवर्तन गरीएको छैन भने बीमा ऐन, २०४९, दफा ३८ को उपदफा १ अनुसार हुनेछ।
बीमाशुल्क सम्बन्धिः बीमालेखलाई निरन्तरता दिन नसक्दा के हुन्छ ?
– दुइ बर्षे बीमाशुल्क तिरेका बीमालेखलाई समर्पण गर्न सकिने छ।
बीमाशुल्क कसरी तिर्ने प्रावधान छ ?
– बार्षिक, अर्धबार्षिक, त्रैमासिक रुपमा र यदि Salary Saving Scheme भए मासिक रुपमा तिर्न सकिनेछ ।
बीमाशुल्क कसरी जम्मा गर्न सकिन्छ ?
– बीमाशुल्क सोझै कम्पनीमा गएर वा कम्पनीको बिभिन्न बैंक तथा बितिय संस्थामा रहेको खातामा जम्मा गर्न सकिने छ ।
अभिकर्तालाई जम्मा गर्न दिएको बीमाशुल्क वापतको रकम अभिकर्ताले जम्मा नगरे के हुन्छ र यसका लागि जिम्मेवार को हुन्छ ?
– यस सम्बन्धमा अभिकर्ता नै जिम्मेवार हुनेछ अरु कोही जिम्मेवार हुने छैन ।
बीमितको बसांइ सराइ भएमा बीमाशुल्क कसरी तिर्ने ?
– विमितको वसाँइ सराँइ जहाँ भए पनि कम्पनीको विभिन्न शाखा कार्यालयहरू वा कम्पनीसँग आवद्ध वित्तीय संस्थामार्फत बीमा शुल्क जम्मा गर्नसकिन्छ।
कम्पनी घाटामा गए बीमीतलाई कुनै घाटा बेहोर्नु पदैछ ?
कम्पनी घाटामा गए बिमितले कुनै पनि प्रकारको घाटा बेहोर्नु पर्दैन ।
विमितवाट बिमाशुल्क लिने कुनै प्रावधान छ ?
हो विमाशुल्क Bank Draft वा चेकवाट भुक्तानी गर्न सकिन्छ। कम्पनीले निकट भविष्यमै Credit Card,
Debit Card र Internet बाटै प्रिमियम तिर्ने व्यवस्था गर्दै छ।
आफ्नो विमालेखको बारेमा विवरण कसरी लिने ?
यस सम्बन्धमा अभिकर्ता वा कम्पनिको शाखा कार्यालयवाट विवरण लिन सकिने छ ।
बीमाशुल्क वापत जम्मा भएको रकमवाट ऋण लिन सकिन्छ ?
दुइ वर्षे वार्षिक विमाशुल्क जम्मा भई सकेको विमालेखमा कम्पनिको नियमानुसार ऋण रकम सकिने छ ।
वीमाको अवधि समाएनी हुदा, विमितले कति रकम भुक्तानी पाउँछ ?
विमाङ्क रकम र विमा अवधि सम्मको आर्जित वोनस ।
कति समय सम्म व्यक्ति (Lapse) भएका विमालेखलाई पुर्नजागरण गर्न सकिन्छ ?
व्यक्ति (Lapse) भएको ५ वर्षसम्म विमालेखलाई पुर्नजागरण गर्न सकिन्छ ।
बीमा अवधिमा कुनै थपरघट (परिवर्तन) गर्न मिल्दछ ?
मिल्दछ। इच्छाएको व्यक्ति परीवर्तनका साथै बीमाशुल्क भुक्तानी गर्ने तरीकामा परीवर्तन गर्न सकिन्छ।
यदि विमित देश वाहीर भएको खण्डमा व्यक्ति भएका विमालेखलाई कसरी पुर्नजागरण गर्ने ?
विमित देश वाहिर भए कम्पनीलाई पूर्नजागरण गर्न उपयुक्त पर्ने सम्पूर्ण कागजातहरु कम्पनिमा आवश्यक प्रकृया पुरा गरि कम्पनिमै पठाइदिने ।
विमालेखलाई निरन्तरता दिन नसके विमाशुल्क वापत तिरेको रकम फिर्ता गर्न मिल्छ ?
वार्षिक दुइ वर्षो विमाशुल्क कम्पनिलाई प्रप्त भएका विमालेखलाई समर्पण मुल्य गणना गरि भुक्तानी गरिन्छ ।
नेपाली बुकबाट साभार