धनगढी । कैलालीमा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका ६ मट्यारीका ४७ वर्षीय महेश कुमार चौधरीले आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेका हुन् ।
अर्जुनलाई घरदेखी करिब १५० मिटर टाढा जंगलमा लगेर टाउकोमा ईट्टा प्रहार गरी महेशले हत्या गरेको प्रहरीले जनाएको छ । महेशलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
खबर पाउना साथ वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट प्रहरी निरिक्षक उपेन्द्र बहादुर बमको टोली घटनास्थलमा खटिएको र अनुसन्धानका लागी प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालको कमाण्डमा सोको टोली खटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।