एजेन्सी । विवाह एउटा यस्तो बन्धन हो, जसमा दुई जनाले सँगै सुखी जीवन बिताउने आशा राख्छन् । यद्यपि कतिपय विवाह विभिन्न प्रकारका हुन्छन्, जसको उद्देश्य फरक हुन्छ । यस्तै एउटा विवाह ल्याटिन अमेरिकी देश ब्राजिलमा भएको छ, जहाँ एक ६५ वर्षीय पुरुषले भर्खर १६ वर्ष पुगेकी एक नाबालिग केटीसँग विवाह गरेका छन् ।
यस्तो होइन कि तपाईंले पहिले यस्तो सम्बन्ध देख्नु र सुन्नु भएको छैन, जसमा पति पत्नीको उमेरमा कुनै अन्तर हुँदैन । आजकल १०र१५ वा २० वर्षको अन्तर पनि देख्न पाइन्छ तर यदि कसैले आफूभन्दा ४९ वर्ष जेठो वा कान्छी व्यक्तिसँग विवाह गरेमा अचम्म मान्नुपर्छ । ब्राजिलको अरौकारिया सहरका ६५ वर्षीय मेयर हिसाम हुसेन देहाईनीले १६ वर्षीया युवतीसँग विवाह गरेर हंगामा मच्चाएका हुन् ।
देखिन्छ हजुरबुवा र नातिनीको जस्तो जोडी
मेयरले आफूभन्दा ४९ वर्ष कान्छी युवतीसँग विवाह गरेको उमेरका कारण मात्रै होइन, यसको पछाडि ठूलो कारण भनिएको छ, जसको प्रत्यक्ष सम्बन्ध भ्रष्टाचारसँग छ ।
ब्राजिलको कानुन अनुसार १६ वर्षका केटीले आमाबुवाको सहमतिमा विवाह गर्न पाउँछन् । बूढाले बिहे गरेकी युवती सहरकी ब्युटी क्वीन बनेकी छिन् तर चर्चा उनको सौन्दर्यको होइन, बिहेबाट केटीकी आमालाई कत्तिको फाइदा भयो भन्ने चर्चा छ ।
छोरीको बिहे, आमाले पाइन् हाई प्रोफाईल जागिर
बालिकाकी आमा मर्लिन रोडे शिक्षा मन्त्रालयमा सामान्य जागिर गरिरहेकी थिइन् तर छोरीको मेयरसँग विवाह भएपछि उनलाई उच्च पद र उच्च पारिश्रमिक दिइएको थियो ।
यो विवाह सहरका उपमेयर र नागरिक दर्ता प्रमुखको कागजातमा दर्ता गरिएको हो । २६ वर्षको अनुभवका कारण सासुले उक्त पद पाएको मेयरको कार्यालयबाट भनाइ भए पनि यो कुरा यतिबेला सबैको ध्यानमा गएको छ ।