काठमाडौं । सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै, चार जना घाइते भएका छन् । ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको गणेशे बगरबाट गएराति हेलम्बु गाउँपालिका–२ डोडेनी जाँदै गरेको बा ४ ख ५३८२ नम्बरको आईचर ट्रक दुर्घटना हुँदा सोही गाउँपालिका बस्ने ३० वर्षीया पेमा तामाङको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
घाइते चार जनामध्ये गम्भीर घाइते २ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको र २ जना सामान्य घाइते रहेका छन् । चालक फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।