काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार स्थिर रहेको सुनको मूल्य आज तोलामा २०० रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला फाइन सुन १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ। आइतबार फाइन सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको थियो।