एजेन्सी । साउथको दुनियाँमा धेरै कलाकारहरु छन् जसको नाम नै काफी छ । उनीहरुको फिल्मलाई लिएर दर्शकमा अर्कै क्रेज छ । तर, जब उनीहरुले फिल्मी दुनियाँमा पाइला टेकेका थिए, उनीहरु हिट फिल्मको पर्खाइमा थिए ।
सूर्य
साउथमा सूर्याको फिल्मको बेग्लै क्रेज छ । सुर्याले सन् १९९७ मा २२ वर्षको उमेरमा ‘नेरुक्कु नेर’बाट फिल्मी दुनियाँमा प्रवेश गरेका थिए । यसपछि सन् २००१ मा आएको उनको फिल्म ‘नंदा’ निकै रुचाइएको थियो । अब छिट्टै सुर्या फिल्म ‘विक्रम’को दोस्रो भागमा ‘रोलेक्स’को भूमिकामा देखिनेछन् ।
महेश बाबु
लामो समयदेखि साउथका फिल्मबाट दर्शकलाई मनोरञ्जन दिइरहेका महेश बाबुले सन् १९७९ मा ‘नीदा’बाट बाल कलाकारको रुपमा सुरुवात गरेका थिए । यसपछि महेश १९९९ मा ‘राजाकुमारुडु’मा मुख्य अभिनेताको रुपमा देखिए र यसका लागि उनले नन्दी अवार्ड पनि पाए ।
थालपति विजय
विजय यतिबेला आफ्नो फिल्म ‘थलपति ६८’लाई लिएर चर्चामा छन् र यो वर्षको अन्त्यमा उनको फिल्म ‘लियो’ आउँदैछ । विजयले आफ्नो फिल्मी करियर सन् १९९२ मा ‘नलिया थिरुपु’बाट सुरु गरेका थिए ।
प्रभास
ओम राउतको फिल्म ‘आदिपुरुष’लाई लिएर प्रभास अहिले चर्चाको विषय बनेका छन् । उनी चलचित्र जगतमा आएको १० वर्षभन्दा बढी भइसक्यो । प्रभासले सन् २००२ मा ‘ईश्वर’बाट कदमा राखेका थिए । यसपछि उनले सन् २००४ मा ‘वर्षम’बाट धेरै नाम कमाए ।
विजय देवरकोंडा
दर्शकले साउथका ह्यान्डसम हङ्क विजयको हरेक फिल्म हेर्न रुचाउँछन् । विजयले सन् २०११ मा ‘नुभिल्ला’बाट डेब्यु गरेका थिए । यसपछि विजयले केही समय सहायक भूमिका खेले र त्यसपछि २०१६ मा ‘पेल्ली चोपुलु’बाट उनले धेरै सफलता पाए ।
अल्लु अर्जुन
साउथ इन्डस्ट्रीका ‘पुष्पा’ले आफ्ना हरेक फिल्मबाट दर्शकलाई निकै मनोरञ्जन दिन्छन् । मुख्य भूमिकामा अल्लुको पहिलो चलचित्र सन् २००३ मा आएको ‘गंगोत्री’ थियो र यसका लागि उनले उत्कृष्ट डेब्यु हिरोको नन्दी अवार्ड पाएका थिए ।
यश
साउथको ‘रकी भाइ’ यश ‘केजीएफ’बाट धेरै हिट छन् । उनको पहिलो फिल्म २००७ मा ‘जम्बाडा हुडुगी’ थियो । यसपछि यशले एक्शन हिरोको रुपमा साउथमा छुट्टै पहिचान बनाए । अब यशको ‘केजीएफ ३’को पर्खाइमा छ ।
विजय सेतुपति
‘विक्रम वेध’ होस् वा ‘विक्रम’, सबैमा आफ्ना क्यारेक्टरहरू मार्ने विजय सेतुपतिले सन् १९९६ मा सानो क्यारेक्टरबाट सुरुवात गरेका थिए । त्यसपछि उनी सन् २०१० मा ‘तेन्मेरुकु पारुवाकत्रु’मा मुख्य भूमिकामा देखिए । विजय अब शाहरुख खानसँग फिल्म ‘जवान’मा देखिनेछन् ।