एजेन्सी । कबीर बेदीको पहिलो तीन विवाहबाट तीन सन्तान थिए । कबीरले पहिलो विवाह मोडेल र क्लासिकल ओडिसी नर्तक प्रोतिमा बेदीसँग गरे, जससँग उनको छोरी पूजा बेदी र एक छोरा सिद्धार्थ थिए । छोरोको २६ वर्षको उमेरमा मृत्यु भयो ।
कबीरले पछि बेलायतमा जन्मेका फेसन डिजाइनर सुसान हम्फ्रेससँग विवाह गरे, जसबाट उनको एउटा छोरा एडम बेदी थिए, जो एक अन्तर्राष्ट्रिय मोडेल हुन् ।
सुजैनसँग सम्बन्धविच्छेद गरेपछि कबीरले टिभी र रेडियो प्रस्तोता निक्की बेदीसँग तेस्रो विवाह गरे र सन् २००५ मा उनीहरूको विवाह टुट्यो । कबीर बेदीले आफ्नो ७० औं जन्मदिनको ठीक अघि जनवरी २०१६ मा बेलायती मूलकी मोडल परवीन दुसाँजसँग विवाह गरेका थिए ।
कबीरको यो विवाहले सबै चकित परे । उनीहरुले नजिकका परिवारका सदस्य र साथीभाइको उपस्थितिमा विवाह गरे । तर, कबिर बेदीको यो कदमलाई उनको पहिलो विवाहकी छोरी पूजा बेदीले सकारात्मक रूपमा स्वीकार गरिनन् । उनले कबीर र उनकी नयाँ पत्नी परवीन दुसाँजलाई सीधै ट्याग गर्दै ट्वीटरमा चौंकाउने प्रतिक्रिया दिइन् ।
पूजा बेदीले चौथी आमालाई ‘खराब सौतेनी आमा’ भनेकी थिइन् । उनको ट्विट केही बेरमै भाइरल भयो । पूजा बेदीको यस्तो प्रतिक्रियाका कारण कबीर बेदी र उनकी चौथी पत्नी परवीनलाई निकै ट्रोल गरिएको थियो । जब पूजालाई अवस्था बिग्रँदै गएको महसुस भयो, उनले आफ्नो ट्वीट डिलिट गरिन् र नयाँ ट्वीटमा दुबैलाई शुभकामना दिइन् ।
पूजा बेदीले ट्वीट गरेकी थिइन् तर त्यतिन्जेल उनका बुबा कबीर बेदीको मन दुखेको थियो । उनले ट्विटरमा पूजा बेदीको आलोचना गरेका छन् । उनले पूजाको प्रतिक्रियालाई विषाक्त भने । यो सहन नसकिने उनले बताए ।
कबिरको यो ट्विटमा पूजा बेदीले फेरि प्रतिक्रिया दिइन् । उनले लेखिन कि अघिल्लो ट्वीट डिलिट गरेपछि मैले तपाई (कबिर बेदी) लाई शुभकामना दिए तर तपाईले त्यो नयाँ ट्वीट देख्नुभएन ।
पूजा बेदी र कबीर बेदीले यसपछि वर्षौंसम्म कुराकानी गरेनन् । यससँगै पूजाले कबीरलाई आमा प्रोतिमा बेदीको घर छोड्न पनि भनिन् । धेरै वर्षपछि आलियाको जन्मदिनमा दुवैबीच मेलमिलाप भयो । हालै पूजा, कबीर र आलिया ‘द कपिल शर्मा शो’मा सँगै देखिएका थिए ।