काठमाडौं । प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा (एमालें) बीच सत्ता–सहकार्यको गृहकार्य थालिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई हटाउनको लागि कांग्रेस र एमाले दुवै दलका शीर्ष नेताहरुबीच समझदारी बनेको उच्च स्रोतको दाबी छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासहित यतिवेला उपचारको क्रममा सिंगापुरमा छन् । उनी स्वदेश फर्किएलगत्तै सरकार फेरबदल हुने बुझिएको छ । प्रचण्डबाट सरकार ठीक ढंगले चल्न नसकेको निश्कर्षमा देउवामात्रै नभएर एमाले अध्यक्ष केपी शर्मा ओलीपनि पुगेको स्रोतको दाबी छ ।
पछिल्लो समय प्रधानमन्त्री दाहालले आफ्नो सरकार असुरक्षित महशुस गरेर नै सत्ता गठबन्धनका तीन दल र बाहिरको एक दल गरेर चार दलीय समाजवादी मोर्चा नेपाल गठन गरेका छन् । प्रचण्डको उक्त कदमले कांग्रेस सभापति देउवा बेखुशी छन् । उनले आफ्नो असन्तुष्टि पार्टीमा आफूनिकटका नेताहरुमार्फत राखिसकेका छन् । कांग्रेस र एमालेबीच सत्ता–सहकार्य हुने वा नहुने भन्ने कुरा कांग्रेस सभापति देउवा सिंगापुरबाट फर्किएपछि प्रष्ट हुनेछ ।
उता, प्रधानमन्त्री दाहालसँग चुनावी सहकार्य गरेका बाबुराम भट्टराईले पनि प्रमुख दलहरुबीच सहकार्यकर्ताको आवश्यकत्ता औंल्याएका छन् । उनले सामाजिक सञ्जालमार्फत आज लेखेका छन–”गत आमचुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्नझन् उतारचढावपूर्ण ९तगचदगभिलत०बन्दै जानु देश र जनताकोनिम्ति हितकर छैन१विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहीत अस्थीरता,दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्वाकांक्षा,भूराजनीतिको निरन्तर दृश्यअदृश्य दबाब,राज्यका स्थायी अंगहरूको क्षयीकरणरभ्रष्टीकरण आदि यसका प्रमुख कारण हुनसक्छन्१”
भट्टराईले थप भनेका छन्–‘यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण,संविधान र कानूनमा आवश्यक सुधार,शान्तिप्रकृयाका बॉकी कामको समापन,थप जटील बन्दै गएको भूराजनीतिको कुशल व्यवस्थापन,जनसरोकारका तात्कालिक मुद्दाहरूको संवोधन गर्दा ठीक होला किरु नत्र समयले कसैलाई नपर्खन सक्छ१’