विराटनगर । मोरङको पथरीशनिश्चरेमा जंगली च्याउ खाँदा एकै परिवारका ४ जना मंगलबार राति विरामी परेका छन् । सिकिस्त अवस्थाका विरामीको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
जंगली च्याउ खाँदा पथरीशनिश्चरे नगरपालिका–६ का ५३ वर्षीय विजय कविरथ, उनकी पत्नी ५३ वर्षीया काजल कविरथ, छोरा २८ वर्षीय जयराम र छोरी १८ वर्षीया अस्मिता विरामी परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार विजयले घर नजिकको बाँस झ्याङमा उम्रिएको च्याउ टिपेर ल्याएको र पकाएर तरकारीका रूपमा परिवारका सबै जनाले खाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।