काठमाडौं । अभिनेता सारुख ताम्राकार रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका छन् । उनी बिहिबार राति घरको भर्याङको रेलिङमा झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
रेलिङमा प्लास्टिकको पाइपको पासो लगाइ झुण्डिएको अवस्थामा मृत भेटिएपछि परिवारले राति ११ बजे प्रहरीलाई खबर गरेका थिए । अहिले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ताम्रकारले ‘रानी’, ‘मेरी मामु’ इन्टु मिन्टु लन्डनमा’ लगायत चलचित्रमा अभिनय गरेका थिए । पछिल्लो समय उनले चलचित्र ‘ह्यासट्याग माया’मा काम गरिरहेका थिए ।