मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो सातामा चिताएको कामले तीव्रता पनि लिनेछ । रमणीय र सुखद् यात्राको योग छ । प्यारो साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । प्रेम जीवन सबल र सफल हुनेछ । हराएको आत्मविश्वास बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अचल सम्पत्ति हात पर्ने योग पनि छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो सातामा रोकिएको धन हात पर्ला । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । कहीँकतैबाट कुनै उपहार प्राप्त होला । सवारी साधनको खरिद बिक्री हुने योग छ । बन्दव्यापारमा पनि फाइदा हुनेछ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता सरकारी निकायको भय रहला । नियमित खर्च बढ्ने योग छ । साताको मध्यबाट चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । प्रेमीको सहयोग पनि प्राप्त हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो सातामा शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । जग्गा जमिनको कारोबारबाट फाइदा लिन सकिनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो हप्तामा लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । धर्म कर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । नयाँ काम र शुभकार्यको चर्चा चल्नेछ । शेयर बजारमा सफलताको सम्भावनालाई नकार्न सकिँदैन । समयको सही सदुपयोग पनि हुनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता विश्वास गरेकाले साथ दिनेछन् । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । शेयर बजारमा आकर्षण र लाभको अवसर आउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागिता भइएला । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साताको सुरुका दिनमा मनमा दुबिधा उत्पन्न हुनेछ । यात्रामा माल सामान हराउन सक्छ । मङ्गलवारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्नेछ । शेयर बजारमा सफलता मिल्न सक्छ । धार्मिक तथा समाजसेवामा मन पनि लाग्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो सातामा स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । रोकिएका अधुरा कार्यको पुनस् थालनी हुनेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला । उठ्नुपर्ने रकम हातलागी हुने समय छ, तर मध्य सातामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । गरेका काममा ढिलासुस्ती पनि हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो सातामा मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउने र आलस्य जाग्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो सातामा खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्नेछ । श्रमको उचित मल्याङ्कन हुनेछ । घर परिवारसँग भेटघाट हुनेछ । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ । सामान हराउने योग पनि छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको सुरुका दिनमा केही अप्ठ्यारा परिस्थितिको सामना गर्नु परेपनि यो सातामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आँटेको र ताकेको कार्य पुरा होला । मन प्रसन्न र हर्षित हुनेछ । धेरै पछि सफल र लामो यात्राको योग पनि छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो सातामा धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुन सक्छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । शुभकार्यको चर्चा चल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साताको मध्यमा सरकारी निकायको भय रहला ।