काठमाडौं । एलन मस्कले ट्विटरको लोगो फेरेका छन् । यसअघिसम्म ट्विटरमा निलो रङको चरा रहेकोमा मस्कले यसको साटो अंग्रेजी अक्षर ‘एक्स’ राखेका हुन् ।
ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रङको ‘एक्स’ देख्न सकिन्छ । मस्कले आफ्नो प्रोफाइल फोटो पनि फेरेर ‘एक्स’ राखेका छन् ।
मस्कले यसअघि पनि ट्विटरको लोगो निलो रङको चराको सट्टा कुकुर भएको लोगो सार्वजनिक गरेका थिए । तर, पछि उनले फेरि निलो चरालाई नै ट्विटरको लोगो बनाएका थिए ।
एलन मस्कले गएको वर्षको अक्टोबर २७ मा ट्विटर किनेका थिए । त्यसयता मस्कले आधाभन्दा कर्मचारी कटौतीदेखि पैसा तिरेर ‘ब्लु–टिक’ दिनेसम्मका व्यवस्था गरेका छन् ।