बैतडी । मासिकश्राव भएर छाउगोठ सुतेकी बैतडीकी १६ वर्षीया किशोरीको सर्पको टोकाइबाट मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी अनिता चन्दको छाउगोठ सुतेका बेला सर्पले टोक्दा मृत्यु भएको हो ।
महिनावारी भएपछि अनिता ४ दिनदेखि गाईभैंसी बाँध्ने गोठमा सुत्दै आएकी थिइन् । अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्ययनरत थिइन् ।
कर्णालीसहितका विकट पहाडी जिल्लामा छाउपडी प्रथा सामाजिक संस्कार ठान्दा अनाहकमा किशोरीले ज्यान गुमाउने गरेका छन् ।