काठमाडौं । बाढी पहिरोले देशभरका चार राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । सडक विभागका अनुसार बाढी पहिरोले तमोर करीडोर अन्तर्गत चतरा-मुलघाट सडक अवरुद्ध भएको छ ।
यस्तै, तानसेन-रिडी-कोरला सडक, प्युठान-सुर्खेत सडक र डुम्रे-बेशीसहर-चामे सडक पनि बाढी पहिरोले पूर्ण रूपमा अवरुद्ध भएका छन् । बाढी पहिरोले देशभरका ३९ सडक एकतर्फी अवरुद्ध भएको विभागले जनाएको छ ।
ती सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेका छन् । विभागका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत नौविसे-मुग्लिन-पोखरा सडक, अरनिको राजमार्ग अन्तर्गत काठमाडौं-धुलीखेल-दोलालघाट-खाडीचौर-कोदारी सडक लगायत ३९ वटा सडक एकतर्फी सञ्चालन भइरहेका छन् ।