सल्यान । सल्यान जिल्लाको त्रिवेणी गाउँपालिकामा अटो दुर्घटना हुँदा बुधबार एक जनाको मृत्यु भएको छ । त्यस्तै, दुर्घटनामा दुई जना घाइते भएका छन् ।
छत्रेश्वरी गाउँपालिका ४ अकाशेका अन्दाजी ५१ वर्षीय ठगी कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।
गाउँपालिका–६ लुहाम बजारबाट वडा न ५ ढोरचौर गाउँतर्फ जाँदै गरेको रा १ ह ३९३० नम्बरको अटो वडा नं. ५ लाम्रीखोला स्थित भित्री कच्ची सडकमा दुर्घटना हो ।
त्यस्तै अन्य दुई जना सामान्य घाइते भएको र उपचारका लागि लुहाम पठाइएको छ । उकालोमा चढ्न नसक्दा अटो सडकबाट करिब १५० मिटर तल खसेको थियो । अटो चालकलाई नियन्त्रणममा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।