एजेन्सी । टी-२० क्रिकेटमा यूएईले न्युजिल्याण्ड हराएर नयाँ कीर्तिमान बनाएको छ । गएराति यूएईमा भएको दोस्रो टी-२० क्रिकेटमा न्युजिल्याण्डलाई ७ विकेटले हराएर यूएईले कीर्तिमान बनाएको हो । यूएईले कुनै पनि खेलमा न्युजिल्यान्डलाई पहिलो पटक हराएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४२ रन बनाएको थियो । न्युजिल्यान्डका लागि मार्क चापम्यानले सर्वाधिक ६३ रन बनाए । यूएईका आयान अफजल खानले ३ तथा मुहमद जवादुल्लाहले २ विकेट लिए ।
१ सय ४३ रनको लक्ष्य यूएईले १५ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । यूएईका कप्तान मोहम्मद वसिमले ५५ रन रन बनाए । न्युजिल्यान्डका टिम साउथी, मिचेल स्टेनर र केइल जेमिसनले एकरएक विकेट लिए । जितसँगै तीन खेलको शृङ्खला एकरएकको बराबरी भएको छ ।
पहिलो टी-२० मा न्युजिल्यान्ड १९ रनले विजयी भएको थियो । अन्तिम तथा निर्णायक टी–२० खेल आज बेलुका पौने ८ बजे सुरु हुनेछ ।