प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग चालचलन शाखाबाट बितरण हुदै आइरहेको प्रहरी चारित्रीक प्रमाणपत्र (Police Verification Report ) को दर्ता तथा बितरण आज आइतबारदेखि पाँच वटै क्षेत्रका प्रहरी कायार्यलयबाट गरिने भएको छ । प्रहरी चारित्रिक प्रमाणपत्र लिनेहरुको अत्याधिक चाप बढेकाले सेवाग्राहीको सुविधालाई मध्यनजर राखी क्षेत्रीय प्रहरी कार्यालयहरु बिराटनगर, हेटौडा, पोखरा र मध्य पश्चिम क्षेत्र अन्तर्गत अंचल प्रहरी कार्यालय भेरी र सदुर पश्चिम क्षेत्र अन्तर्गत अंचल प्रहरी कार्यालय सेतीबाट निवेदन दर्ता तथा प्रमाणपत्र बितरण गरिने भएको हो । यसअघि रहेको प्रमाणपत्रका लागि काठमाडौँ आउन पर्ने बाध्यात्मक अवस्थाका कारण सेवाग्राहीलाई असुविधा भइरहेको हुदाँ क्षेत्रबाटनै दर्ता तथा बितरण व्यवस्था मिलाइएको हो । दर्ता गरेको निवेदन संकलन गरी एकमुष्ट प्रहरी प्रधान कार्यालयमा पठाउने र त्यस्ता निवेदकको आपराधिक अभिलेख जाँच गरेपश्चात प्रहरी प्रधान कार्यालयबाट प्रमाणपत्र जारी गरी सम्बन्धित कार्यालयबाट नै बितरणका लागि पठाइदिने व्यवस्था मिलाएको छ । चारित्रिक प्रमाणपत्रका लागि आइतबार देखि विहिबारसम्म निवेदन दर्ता गर्ने र निबेदन दर्ता गरेको अर्को हप्ताको बुधबारका दिन सम्बन्धीत व्यक्तिले प्रमाणपत्र पाउने छन् । विदेशमा भएका नेपाली, विदेशी नागरिक र शरणार्थीहरुका लागि प्रहरी प्रधान कार्यालय चालचलन शाखाबाट मात्रै निवेदन दर्ता तथा प्रमाणपत्र वितरण गरिदै आएको व्यवस्था यथावत राखिएको नेपाल प्रहरीले जानकारी केन्द्र लाइ बताएको छ ।
अब अाफ्नै क्षेत्र बाट यसरी पुलिस रिपोर्ट बनाउन सकिन्छ- जानकारी केन्द्र
अब अाफ्नै क्षेत्र बाट यसरी पुलिस रिपोर्ट बनाउन सकिन्छ- जानकारी केन्द्र

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु