कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ बोडगाउँमा छोराले बुबाको हत्या गरेका छन् । हिजो साँझ मादक पदार्थ सेवन गरी घर आएका अन्दाजी २५ वर्षका छोरा लुरे भनिने भुवन दर्जीले ६२ वर्षीय बुबा बलबहादुर दर्जीलाई दाउराले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
बुबाछोराबीच पटकपटक झगडा हुने गरेको थियो । दाउरा प्रहारबाट गम्भीर घाइते भएका बलबहादुरलाई उपचारका लागि अस्पताल पुर्याइए पनि अस्पतालले मृत घोषणा गरेको थियो । हत्या अभियोगमा भुवनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।