एजेन्सी । स्मार्ट टिभीको आगमनपछि डिस्प्लेको गुणस्तरमा परिवर्तन आएको छ । बजारमा हरेक रेन्जका टिभी आएपछि अब सबैले राम्रो डिस्प्लेको अनुभव लिन चाहन्छन् । टिभी हेर्दै गर्दा, धेरै पटक हामी बत्तीहरू बाल्ने गछौं र कहिले काहीं हामी पूर्ण अन्धकारमा टिभी हेर्न चाहन्छौं । तर, धेरै पटक यो प्रश्न हाम्रो दिमागमा आउँछ कि टिभी हेर्दा बत्ती बन्द गर्ने कि अन राख्ने ?
अँध्यारोमा टिभी हेर्न मन पराउनुको एउटा कारण यो हो कि यसले सिनेहलमा बसेको जस्तो अनुभूति दिन्छ । तपाई पकैं पनि चलचित्र हेर्न जानुभएको छ, त्यहाँ देख्नु भएको छ कि चलचित्र सुरु हुने बित्तिकै सबै बत्तीहरू बन्द गरिन्छ । यसबाट, मुख्य फोकस स्क्रिनमा रहन्छ र ध्यान अन्य कुराबाट विचलित हुँदैन । अँध्यारोमा टिभी हेर्नाले तस्विरको गुणस्तर पनि उत्कृष्ट देखिन्छ ।
धेरै उज्यालोमा टिभी हेर्नुभयो भने के हुन्छ ?
टिभीमा उज्यालो नपरोस् भनेर धेरै मानिसहरू अन्धकारमा टिभी हेर्न रुचाउँछन् । यदि तपाईंले कहिल्यै चम्किलो बत्ती भएको कोठामा टिभी हेर्नुभएको छ र टेलिभिजनमा रिफ्लेक्टिभ प्यानल छ भने, स्क्रिनमा धेरै प्रकाश आउँछ, र यसले टिभीमा कुनै पनि कुरा हेर्न गाह्रो बनाउँछ ।
अँध्यारोमा टिभी हेर्दा हुने समस्या यो हो कि कोठामा उज्यालो र अँध्यारो बीचको भिन्नताले केहि समय पछि तपाईंको आँखालाई तनाव उत्पन्न हुन सक्छ । तसर्थ, यो सल्लाह दिइन्छ कि टिभी धेरै अँध्यारो वा धेरै उज्यालो प्रकाशमा हेर्नु हुँदैन । कोठामा हल्का उज्यालो भएमा आँखामा खासै दबाब पर्दैन ।