सल्यान । सल्यानमा बुधबार ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये मोटरसाइकल चालकको अवस्था गम्भीर छ । जिल्लाको छत्रेस्वरी गाउँपालिका ६ लान्तीस्थित राप्ती राजमार्गममा दुर्घटना भएको हो ।
लुहामबाट श्रीनगर आउँदै गरेको रा १ त ४७५७ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आएको रा २ प १२७३ नम्बरको मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका हुन् । घाइते हुनेमा मोटरसाइकल चालक शारदा नगरपालिका १३ का ३२ वर्षीय गणेश विक, ५० वर्षीय होमबहादुर भण्डारी र ७० वर्षीया पार्वती शर्मा रहेका छन् ।
सख्त घाइते भएका मोटरसाइकल चालक विकलाई उपचारका लागि नेपालगन्ज लगिएको र अन्य घाइतेको श्रीनगरस्थित परोपकार अस्पतालमा उपचार भइरहेको छ । ट्र्याक्टर चालक २५ वर्षीय कोषराज थापालाई नियन्त्रणमा लिइएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।