धादिङ । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ ।
बागेश्वरी माध्यमिक विद्यालयमा अध्ययनर दुइ जना बालक ट्युसन पढ्न जाने क्रममा ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । उनीहरु दुवै जना बालक कक्षा ८ मा अध्यनरत थिए ।
उनीहरुलाई ठक्कर दिएर भागेका रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई ट्रकसहित बेनीघाट प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै पृथ्वीराजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन् ।