एजेन्सी । रामानन्द सागरको पौराणिक धारावाहिक ‘रामायण’ सन् १९८७ मा दूरदर्शनमा सुरु भएको थियो । सिरियलमा अरुण गोविलले भगवान रामको भूमिका निभाएका थिए भने दीपिका चिखलियाले माता सीताको भूमिका निभाएकी थिइन् । यो पात्रलाई दर्शकले यति रुचाएका थिए कि मानिसहरुले रामायणका पात्रहरूलाई भगवान मानेर पूजा गर्न थाले ।
रामायण दर्शकमाझ यति लोकप्रिय थियो कि टिभीमा सिरियल आउँदा सडकमा कर्फ्यू जस्तो वातावरण हुन्थ्यो । सबै जना आफ्नो काम सकेर टिभी अगाडि बस्ने गर्थे । यस सिरियलका सबै पात्रले दर्शकको मनमा विशेष स्थान बनाएका थिए । तर, आज हामी तपाईंलाई यस सिरियलको एक पात्रको बारेमा बताउनेछौं, जसले वास्तविक जीवनमा दुई पटक विवाह गरिसकेका छन् ।
रामायण सिरियलका यी पात्रहरू हुन् भगवान रामका छोरा कुशको भूमिका निभाएका स्वप्निल जोशी, जसले ‘श्री कृष्ण’मा पनि भगवान कृष्णको भूमिका निर्वाह गरेका थिए । स्वप्निल जोशीले आफ्ना दुवै पात्रबाट निकै चर्चा कमाए ।
श्रीकृष्णमा निभाएको कृष्णको चरित्र आज पनि सबैको मनमा बास बसेको छ । तर, के तपाईलाई थाहा छ रामायणमा कुशको भूमिका निभाएका स्वप्निल जोशीले वास्तविक जीवनमा दुई पटक विवाह गरेका छन् ।
स्वप्निल जोशीको प्रेम जीवन उतार चढावले भरिएको छ । उनले सन् २००५ मा अपर्णा जोशीसँग पहिलो विवाह गरेका थिए । तर, यो विवाह लामो समय टिक्न सकेन । स्वप्निल अपर्णासँग ४ वर्षमै छुट्टिए ।
स्वप्निल कक्षा ११ मा पढ्दा पहिलो पटक प्रेममा परेका थिए । अपर्णासँग भेट भयो, यो भेट मित्रतामा र मित्रता प्रेममा परिणत भयो । लामो समय एकअर्कालाई डेट गरेपछि दुवैले सन् २००५ मा विवाह गरेका थिए । तर, आपसी मतभेदका कारण सन् २००९ मा दुवै अलग्गिए ।
त्यसपछि स्वप्निल जोशी फेरि प्रेममा परे । अपर्णासँग अलग भएको दुई वर्षपछि स्वप्निल लीना आराध्यासँग प्रेममा परे । भेटघाटको प्रक्रिया सुरु भयो र त्यसपछि दुवैले विवाह गर्ने निर्णय गरे । यससँगै उनले लीनासँगको सम्बन्ध पनि खुलाएका छन् ।
२०११ मा स्वप्निल र लीनाले महाराष्ट्रीय परम्परा अनुसार विवाह गरेका थिए । स्वप्निलले प्रायः आफ्नी श्रीमती लीना र छोरा छोरीसँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्ने गर्छन्, जसमा उनी निकै खुसी देखिन्छन् ।
स्वप्निल र लीनाको विवाह पनि एक शर्तमा भएको थियो । रिपोर्टका अनुसार स्वप्निलले लीनासँग बिहे गर्नुअघि एउटा सर्त राखेका थिए र त्यो सर्त बिहेपछि लीनाले आफ्नो परिवारसँग मात्रै बस्नु पर्ने थियो । लीनाले स्वप्निलको यो सर्त स्वीकार गर्दै बिहेको लागि हुन्छ भनेकी थिइन् ।