खोटाङ । खोटाङकी एक किशोरीलाई एक सातासम्म बलात्कार गरेर फरार भएका युवकलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । झापाको बाह्रदर्शी गाउँपालिका २ का २० वर्षीय अजय शर्मा खत्वेलाई किशोरी बलात्कारको आरोपमा प्रहरीले बिहिबार दिउँसो घरबाटै पक्राउ गरेको हो ।
उनले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका १ मा असोज १० देखि १७ गतेसम्म १७ वर्षीया एक किशोरीलाई नियन्त्रणमा राखेर जबरजस्ती करणी गरेको आरोप छ । किशोरीको उजुरीको आधारमा पक्राउ परेका खत्वेलाई झापाबाट खोटाङ नै पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।