एजेन्सी । हिन्दू क्यालेन्डर अनुसार आश्विन महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिबाट शारदीय नवरात्र सुरु हुन्छ । यस वर्षको शारदीय नवरात्रि असोज २८ गतेदेखि सुरु हुँदैछ । धार्मिक मान्यता अनुसार नवरात्रिको ९ दिनसम्म देवी दुर्गाका ९ रूपको पूजा गरिन्छ । नवरात्रिमा ९ दिनसम्म साँचो मनले माताको पूजा गरी मन्त्र जप गरेमा छिट्टै प्रसन्न हुनेछिन्।
ज्योतिष शास्त्रका अनुसार घरमा राखिएका केही वस्तुलाई गरिबीको प्रतीक मानिन्छ । यस्तो अवस्थामा शारदीय नवरात्र सुरु हुनुअघि ज्योतिषशास्त्र अनुसार घरबाट केही चीजहरू हटाउनु पर्छ । यदि तपाईंले यसो गर्नुभयो भने नवरात्रिमा माँ जगत जननी जगदम्बा चाँडै प्रसन्न हुनुहुनेछ ।
भाँचिएका मूर्तिहरू
धार्मिक ग्रन्थ अनुसार कुनै पनि देवताको भाँचिएको मूर्ति घरमा राख्नु हुदैन भन्ने मान्यता रहेको छ । यदि तपाईंको घरमा भाँचिएका मूर्तिहरू छन् भने नवरात्रि अघि तिनीहरूलाई घरबाट हटाइ पवित्र नदीहरूमा बगाइदिनुहोस् ।
पुरानो जुत्ता र चप्पल
यदि तपाईको घरमा पुराना जुत्ता र चप्पलहरू छन् जुन लामो समयदेखि राखिएका छन् भने, त्यसलाई नवरात्र सुरु हुनु अघि नै हटाउनु पर्छ । पुराना जुत्ता र चप्पल राख्नाले घरमा नकारात्मक ऊर्जा आउँछ ।
लसुन प्याज
नवरात्रिको पवित्र दिनमा लसुन, प्याज जस्ता खानेकुरा नखानु होला । यदि तपाइँको घरमा लसुन, प्याज र मासुको प्रयोग गरिन्छ भने नवरात्रिको समयमा भूलवश पनि यस्ता वस्तुहरु घरमा नराख्नुहोस् । सम्भव भएमा ९ दिनसम्म लसुन र प्याजजस्ता खानेकुरा खानबाट बच्नुपर्छ । नवरात्रिमा सात्विक भोजन मात्र खानुपर्छ ।
बन्द घडी
यदि तपाईंको घरमा बन्द घडी छ भने यसलाई हटाउनुपर्छ । ज्योतिष शास्त्रमा घरमा बन्द घडी राख्नु अशुभ मानिन्छ । यस्तो अवस्थामा नवरात्र सुरु हुनुअघि नै घरबाट यस्ता अशुभ चीजहरू हटाउनुपर्छ । यस प्रकारको चीजले जीवनमा धेरै बाधाहरू सिर्जना गर्दछ ।